logo

सशस्त्र प्रहरी बलद्वारा १८ लाख बराबरको अनधिकृत रुपमा आयात समान भन्सार चलान

 इसीमाना सम्वाददाता     २०७८ फागुन १० गते ०६: ०० मा प्रकाशित     465   पटक पढिएको

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीरगंजका सशस्त्र प्रहरी निरीक्षक हरिसिंह विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले एक गोदामबाट २४ पोका कपडा बरामद गरेको छ । बरामद गरिएको कपडाको बजार मूल्य १६ लाख २३ हजार बराबर रहेको छ ।

 

भेलभेट कपडा, सुती सारी, नेट सारी र सटिङ्ग लगायतका कपडाहरु सहितको पोका आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिनु भयो ।


बीरगंज महानगरपालिकाको वडा नं २ को नगवा पूर्वमा रहेको डम्पिङ्ग साईड क्षेत्रमा भन्सार छली भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा सिर्सियाबाट खटिगएको सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको टोलीले १ लाख ४० हजार बराबरको किरना समान तथा औषधी बरामद गरेको छ ।

त्यसैगरि अबैध रुपमा भित्र्याईएको ६२ हजार बराबरको ईलेक्ट्रोनिक्स तथा मोटर पार्टसका सामानहरु सशस्त्र प्रहरी बल नेपाल अलौबाट खटिएको बरामद गरी विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.