logo

राजस्व छलीको पचपन्न लाख बराबरको चक्लेट र बिस्कुट राजस्व अनुसन्धानमा बुझाइयो

 इसीमाना सम्वाददाता     २०७८ फागुन १२ गते ०६: ०० मा प्रकाशित     427   पटक पढिएको

जिल्ला प्रहरी कार्यालय पर्साले पचपन्न लाख मूल्य बराबरको भन्सार छलीको सामान आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड गरी परवानीपुरतर्फ लग्दै गरेको छ भन्ने सूचनाको आधारमा जेकचाँज गर्दा वीरगञ्ज महानगरपालिका वडा नं।१६ गणेशटोल स्थित सडकखण्डमा एनएल ०१ एल ६५४८ को भारती मालबाहक कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

विभिन्न किसिमका चक्लेट तथा विस्कुटहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनु भयो । ट्रकमा रहेको चक्लेट तथा बिस्कुटको बजार मूल्य पचपन्न लाख बराबर रहेको बताइएको छ ।

 

उक्त कन्टेनर तथा चालक भारत औरैया जिल्ला तैसिल यू।पी। बस्ने बर्ष २९ को सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.