ब्यक्ति हत्याको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं ८का ४३ वर्षिय दीपक कुमार महरालाई पक्राउ गरेको छ ।
उनलाई हिजो दिउसो बिर्ताबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
बीरगंज महानगरपालिकाको वडा नं १६ नगवाको फूलबरिया टोलमा रहेको गाईगोठमा बारा जिल्ला फेटा गाउँपालिका वडा नं. ४ फूलबरिया बस्ने वर्ष ४६ का प्रेमचन्द्र महराको शव हिजो फेला परेको थियो ।
गर्धन र टाउकोको पछाडी भागमा खुकुरीको प्रहार देखिएको त्यही चोटका कारण उनको मृत्यु भएको बताइएको छ । पक्राउ परेका महरा त्यही गाईगोठका मालिक हुन । घटना स्थलबाट हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनैतीक सम्बन्धका कारण प्रतिशोधका लिनकालागि हत्या घटना भएको देखिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया