logo

आदीवासी धागड समुदायको संस्कृति प्रर्वद्धन अभियान शुरु

 इसीमाना सम्वाददाता     २०७८ फागुन १६ गते ०७: १२ मा प्रकाशित     601   पटक पढिएको

अल्पसंख्यामा रहेको तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायको संस्कृति प्रबद्र्धन अभियान शुरु भएको छ ।


हाम्रो संस्कृति हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रबद्र्धनमा युवाको अभियान कार्यक्रम अन्तरगत आज वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

 


वीरगंज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्घाटन गर्दै अल्पसंख्यामा रहेको जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटकलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा वक्ताहरुले आदीवासी धागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।


कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका रेडियो नेपालका पर्सा सम्वाददाता ध्रुव अधिकारीले धाँगड जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रितिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा संचारकर्मीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताउनु भयो ।


अल्पसंख्यक पिछडिएको जनजातिको रुपमा रहेको धागड समुदायको वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ पर्टेवा सुगोलीको वडा नं २ ,सखुवा प्रसौनीको वडा नं १ जिराभवानी र ठोरीमा समेत बसोवास रहेको छ ।


शान्ति मेलमिलाप श्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, संचारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.