logo

लुट मच्चाउनेहरुलाई कारवाही गरेर उपभोक्तालाई सरकार भएको अनुभूती दिलाउन मंचको अपिल

      4/27/2020 गते 00 00 मा प्रकाशित     1160   पटक पढिएको

बीरगंज १५ बैशाख । 

उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले उपभोक्तालाई लुटने प्रवृति देखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

मंचको आज सोमवार भएको भर्चुअल बैठक पछि अध्यक्ष के.सी.लामिछानेले जारी गर्नु भएको प्रेस नोटमा संकटको यो घडीमा उपभोक्ता लुट्ने प्रवृति कतिपय ठाउमा देखा परेको भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ । 

बीरगंज पथलैया औधोगिक करिडरका खाद्य उधोगका संचालकको गिरफ्तारी,कलैया उपमहानगरपालिकाका प्रमुख सहित केही जनप्रतिनिधि र ब्यवसायीको गिर्फतारीले उपभोक्तालाई कति सम्म लुटन खोजिको कुरा प्रष्ट भएको उल्लेख छ ।

 

 ब्यवसायीहरुको पेशागत हितकालागि बनेको ब्यपारीको संघले राज्यको उपस्थितिलाई चुनौती दिदै खाद्य समाग्रीको मूल्य तोक्ने र खुल्लम खुला कालो बजारी गर्ने काम भइरहेको छ । राहत बितरणमा समेत दलीय आग्रहका कारण वास्तविक ब्यक्तिहरु बन्चित भएका र त्यसैकालागि झडप समेत भएका घटनाहरु सार्वजनीक भएको प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश २ को गम्भिर ध्यानाकर्षण भएको प्रेस नोटमा उल्लेख छ । 

 


मंचले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न  चिकित्सक स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचार जगत पहिलो पंक्तिमा रहेर  लडाईको मोर्चा सम्हालिरहनु भएको भन्दै  उहाँहरुको  योगदानप्रति  उच्च सम्मान  प्रकट गरेको छ । 

मंचले कोरोना बिरुद्धको लकडाउनलाई सफल बनाउन नागरिक दायित्व महत्पूर्ण रहेको स्मरण गर्दै अनेकौ कठिनाईका बाबजुद यसलाई पालना गर्न सम्पूर्ण उपभोक्तालाई हार्दिक अपिल गर्दछौ  भनेको छ । 

 


मंचले मानव समुदायमाथि आइपरेको बैश्विक महामारीमा कालो बजारी र लुट मच्चाउने अनुचित क्रियाकलापमा संलग्नहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न र प्रदेशमा सरकार र स्थीय सरकार भएको अनुभूती गराउन प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउदछौ भनिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.