logo

लकडाउनका कारण आहर अभाव झेलीरहेका पशु चौपायलाई बीरगंज युवा समाजले सम्झ्यो

      4/29/2020 गते 00 00 मा प्रकाशित     1044   पटक पढिएको


बीरगंज १७ बैशाख ।
लकडाउन छ । रोजगारहरु बन्द छन । दैनीक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्नेहरुलाई राहत ब्यवस्थापन भइरहेको छ  । कोरोना भाइरसको संक्रमण बिभिन्न चरणमा प्रवेश गरे झै राहत पनि बिभिन्न चरणमा बितरण भइरहेको छ । बिश्वब्यापी यो संकटमा मान्छेका बिषयमा मात्रै चिन्ता गरिएको देखिन्छ । कमै ठाउमा बोल्न नसक्ने पशु चौपायाका बिषयमा चर्चा भएको पाइन्छ । हुन त पशु चौपायालाई घाँस पात खाने भएकोले पनि समस्या हुदैन भन्न पनि सकिन्छ । तर शहर बजारमा केही मात्रामा समस्या देखिएको छ । 
मान्छेको जीवनलाई जोगाउन मानविय सेवामा सरकारहरु लागि रहेका छन । सामाजिक अभियान्ताहरु पनि लागेका छन । यो बेलामा बोल्न नसक्ने पशु चौपायाहरुको बारेमा पनि सोच्नेहरु पनि समाजमा छन । समाजको दीर्घ जीनकालागि यो बिविधतालाई जोगाई पनि राख्नु पर्छ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आव्हान गरेको लकडाउन गरेको ३७ दिन भएको छ । यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया भोकै हुन थालेका छन  ।
अहिले सयौँ कुकुर, गाईलगायतका पशु चौपाया वीरगंजको सडकमा छन् । तर लकडाउन सुरु भएयता यस्ता छाडा कुकुर र गाई भोकै परेका हुन् । 
होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्ने गर्न थालेका छन् ।

सडकमा छाडिएका कुकुर, तथा पशुचौपायाहरु भोकै  परेपछि आज वीरगंज युवा समाजले पशु चौपायकालागि खानाको प्रवन्ध गरेको छ । 
समाजका अध्यक्ष कमल चौगाईँको नेतृत्वमा वीरगंजको विर्ता, लक्ष्मीनारायण टोल, आदर्शनगर, पानीटंकी लगायतको क्षेत्रका सडकमा भौतारिएका कुकुर, गाई तथा पशुचौपायालाई उनीहरुको आहर ख्वाएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.