बीरगंज १७ बैशाख ।
लक डाउन छ ।नेपाल भारतको सीमा पनि लक छ । नेपालका बिभिन्न ठाउबाट आएका भारतीय नागरिकलाई सीमामा प्रहरीले रोकेर बीरगंजका बिभिन्न क्वारेन्टिमा राखएिको छ ।
प्रहरी प्रशासन यति चुस्त रुपमा काम गर्छ । सीमामा रहेको इनर्वा प्रहरी चौकीमा आफूलाई भारतीय चलचित्रको एउटा पात्र “सिघंम” भन्न रुचाउने प्रहरी नायव निरिक्ष बैधनाथ दास प्रमुखको रुपमा रहेका छन । भारतीय वा नेपाली नागरिकलाई आउन जान रोक्ने प्रहरी हुण्डी करोवारीलाई स सम्मान आउन जान दिदो रहेछ ।
स्रोत नखुलेको ११ लाख ५० हजार रुपैया सहित बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी २९ वर्षिय लालकुमार यादवलाई इनर्वा प्रहरीले आज पक्राउ गरेको छ ।
यादवलाई प्रहरीले बुधवार साढे ३ बजे बीरगंज महानगरपालिकाको वडा नं.१६ रजत जयन्ती चोकबाट यादवलाई पक्राउ गरेको हो । यादव ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मोटरसाइकलमा सवार भई रक्सौलबाट बीरगंज आउदै थिए । उनी रक्सौलबाट आउदा गर्दा समातिएको प्रहरीले पठाएको समाचारमा उल्लेख छ ।
कतिपय सुरक्षा घेरा पार गरेर यादव साच्चै रक्सौलबाट आएका हुन भने पर्सा प्रहरी प्रमुखको नेतृत्व क्षमता , कौशलता र इमान्दारीता माथि गम्भिर सवाल उठेको छ ।
प्रहरीले बिशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सीमा लक छ तर प्रहरीले पठाएको इमेलमा रक्सौलबाट आइरहेको भन्दै समाचार प्रेषीत भएको छ ।
रक्सौलबाट मोटरसाइकलमा ब्यवसायी आउने जाने भइरहेको छ भने पर्सा प्रहरी नै लकडाउन असफल बनाउन लागेको देखिन्छ ।
तपाईको प्रतिक्रिया