logo

जेष्ठ नागरिकले पाएनन सामाजिक सुरक्षा भत्ता

 इसीमाना सम्वाददाता     २०७९ सावन ३१ गते ०३: २९ मा प्रकाशित     627   पटक पढिएको

पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्तमा जेष्ठ नागरिकलाई दिनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको अन्तिम किस्ता रकम भूक्तानी गरेको छैन ।

 


जगरनाथपुर गाउँपालिकामा जेष्ठ नागरिक, एक महिला ,अपाङ सहित ३ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता बुझदै आएका छन । उनीहरुले अन्तिम किस्ता वापतको रकम नपाएपछि गाउँपालिका कार्यालय अगाडि साउन ३० गते प्रर्दशन गरेका छन । उनीहरुकाालगि हरेक त्रैमासिकमा ३ करोड रुपैया वितरण हुदै आएको थियो ।

पर्सा जिल्लाका अन्य स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको तर जगरनाथपुर गापाले अहिलेसम्म सो भत्ता वितरण नगरेको भन्दै स्थानीय ज्येष्ठ नागरिकहरूसमेत गापा कार्यालयमा पुगेर विरोध कार्यक्रममा सहभागी भएका थिए ।

 

सामाजिक सुरक्षा भत्ताले आफनो सबै खर्च पुरा हुदै आएको बताउने सोही गाउपालिकाको वडा नं ४ का ज्येष्ठ नागरिक मन्सी मियाले सरकारले दिएको भत्ता गाउँपालिकाले बेलैमा नदिएको भन्दै दुःख मनाउ गरे । वडा नं ३ का बिजववनीयाका सालीम राउद्ध गद्धीको भनाई पनि यस्तै छ ।

 

उनले सरकारले दिएको पैसाका कारण बुढेसकालमा निकै सहयोग पुगेको बताए । मलाई आवश्यक पर्ने औषधीहरु किन्छु उनले भने बुढेसकालको साहरा नै यही भत्ता भएको छ ।


सामाजिक सुरक्षा भत्ताले जेष्ठ नागरिको जीवनलाई अपमान र हेलाबाट मुक्त गरेको छ । ज्येष्ठ नागरिकको अनुहारमा मुस्कान ल्याउन सफल सामाजिक सुरक्षा भत्ता नपाउदा बिजवनीयाका जेयष्ठ नागरिक इशा मियालाई त भाउन्न नै छुटेको छ ।

 

लाठीको साहारामा गाउँपालिकामा पुगेका जेष्ठ नागरिकले समाजिक सुरक्षा भत्ता दिन माँग गरेका छन ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले सामाजिक सुरक्षा भत्ताको बिषयलाई सुल्झाउन आफू काठमाण्डौमा रहेको बताए । नयाँ निर्वाचित भएर आएका अध्यक्ष यादवले कर्मचारीहरूले गरेका गलत कामको परिणाम अहिले आफूले भोग्नुपरिरहेको बताए ।

उनले यसअघिका जनप्रतिनिधिहरूको लापरवाहीपूर्ण कार्यले अहिले यो दशा आइपरेको आारेप लगाए ।तर निर्वतमान अध्यक्ष जालिम मियाले आफूले नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको र आफू हुदा सम्म कुनै समस्या नरहेको दावी गरे ।

 

उनले बजेट हुदा हुदै किन वितरण भएन जेष्ठ नागरिक, अपाङ एवं एकल महिलालाई राज्यले दिएको रकम उपलब्ध नगराईनु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.