राजस्व छलेर आयात गरिएको सुर्ती र पान मसला सहितको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।
सोमवार राती ८ बजे प्रहरीले बिशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं .२१ परवानीपुर चोक स्थित सडकखण्डमा ना.८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गरेको थियो ।
चामलको विल थियो तर ट्रकमा सुर्ती र पान मसला फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक पहलाद कार्कीले जानकारी दिए ।
ट्रकमा बोरा प्रज्ञापन पत्र बिनाको । १६ बोरा, १४ बोरा चैनी पान मसाला तथा चेरी पान मसाला १० बोरा फेला परेको कार्कीले जानकारी दिए । गाडी सहित बरामद समानको बजार मूल्य ३८ लाख मूल्याकंन भएको छ ।
तपाईको प्रतिक्रिया