logo

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

      5/11/2020 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

बीरगंज २८ बैशाख 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो ।

 

वीरगन्जको घण्टाघरमा भेला भएका पर्साका पत्रकारहरुले प्रहरीको ज्यादती विरुद्ध सांकेतिक विरोध गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनतामाथिको व्यवहार असहिष्णु हुदै गएको र असन्तुष्टि आमसर्वसाधारणमा बढ्दै गएको अवस्थामा सञ्चारकर्मीहरुमाथि भएको दुव्र्यवहारले प्रहरी संगठनको व्यवसायिक छवि नै धमिलो पारेको बताउनुभयो ।

 

उहाँले जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सूसुचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवाश्वप्न नदेख्न प्रहरीलाई चेतावनी दिनुभयो ।

 

प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषले पर्सामा प्रहरी प्रमुखमा गंगा पन्त आएदेखि नै नागरिकमाथि प्रहरीको व्यावहार राम्रो नरहेको बताउदै पत्रकारमाथि भएको दुव्र्यवहार अत्यन्त निन्दनीय रहेको बताउनुभयो ।

 

 प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले संचालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस नेपाल पर्साका अध्यक्ष आरके पटेल लगायतले पनि बोल्नुभएको थियो । 

 


यसैबीच बाराका पत्रकार पवन यादवमाथी गएराती आक्रमण भएको छ । नेपाल प्रेस युनियनका सदस्य एवं बाराबाट प्रकाशित तराई मधेश दैनिक पत्रिकाका प्रकाशक यादवमाथी गएराती करिब नौ बजे अज्ञात समुहले कलैया उपमहानगरपालिका–२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

 

अज्ञात समुहको आक्रमणबाट पत्रकार यादवको निधार काटिएको छ भने शरीर भरी निलडाम छ । पत्रकार यादवको कलैया स्थित जिल्ला अस्पतालमा उपचार भएको छ ।कलैयाबाट उतर झिटकैया स्थित घरजाने क्रममा पत्रकार यादवमाथी चारजनाको संख्यामा रहेका समूहले आक्रमण गरेको हो ।

 

आक्रमणबा पत्रकार यादवको ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ । नेपाल प्रेस युनियनले घटनामा संलग्नलाई कडा कार्बाहीको माग गरेको छ ।

 

 

युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति  मार्फत घटनामा संलग्नलाई पक्राउ गरि कडा कार्बाही गर्न माग गर्नु भएको हो । घटनामा संलग्नको खोजी भईरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.