logo

जनता आवासको अन्तिम किस्ता नपाएको गुनासो,उजुरी प्रति प्रशासनले चासो देखाएन

      5/11/2020 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको


बीरगंज २९बैशाख  

जिराभवानी गाउँपालिका वडा नं १ मा पर्ने शान्ति नगरका राजेन्द्र पासवानले जनता आवास कार्यक्रम अन्तर्गतको अन्तिम किस्ता रकम नपाएको गुनसो गर्नु भएको छ । 


शहरी बिकास तथा  भवन कार्यालय बीरगंजले निर्माण समितिको खातामा पैसा पठाएपनि अन्यले रकम पाएका छैनन । समितिका अध्यक्षले खातामा आएको पैसा बितरण नगरेपछि रकम नपाएको राजेन्द्र पासवानले बताउनु भयो ।

 

शान्तिनगर पिपरा टोलका २२ दलीत घर परिवारले जनता आवास कार्यक्रम अन्र्तगतको अन्तिम किस्ता रकम नपाएका हुन । २२ मध्इ १३ घर परिवारको घर निर्माण कार्यको मूल्याकंन सम्बन्धीत कार्यालयले गरिसकेको छ ।


अन्तिम किस्तामा प्रतिघर २१ हजार ४ सय ७० रुपैयाँ पाउनुपर्नेमा सो रकम नपाएको उनीहरुको गुनासो छ । 

   शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनीयर रोशन साहका अनुसार घरनिर्माण कार्य सम्पन्न भई मूल्याङ्कन भएका १३ जनाको रकम फागुन अन्तिम साता निर्माण समितिका संयोजक रामा पासवानको खातामा पठाइसकिएको छ।

 

संयोजकको खातामा पठाइदिनू भन्ने सेवाग्राहीहरूको सहमतिको आधारमा शहरी विकासले रकम पठाएको हो। सहमति नजनाउनेहरूको अन्तिम किस्ता रकम निजहरूकै खातामा पठाउने तयारी भइरहेको इन्जिनीयर साहले बताउनु भयो ।

 


    संयोजक पासवानसँग पटकपटक रकम भुक्तानी माग्दा पनि नदिएको पिपराका मनोज पासवानले बताउनु भाये । निर्माण समितिका संयोजक पासवानलाई भेट्न जाँदा भेट नहुने, मोबाइलको स्विच अफ गरेर बस्ने, नम्बर परिवर्तन गर्ने गरेको सेवाग्राहीहरूले बताए।

 

संयोजकले रकम भुक्तानी नदिएको भन्दै पासवानविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएको तर हालसम्म प्रशासनले कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ।


    जनता आवास कार्यक्रम अन्तर्गत दलित, उपेक्षित समुदायका लागि सङ्घीय सरकारले प्रतिघर निर्माणबापत दुई लाख चौध हजार रुपैयाँ अनुदान सहयोग दिने गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.