logo

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइए कडेल र थिङ 

      5/11/2020 गते 00 00 मा प्रकाशित     950   पटक पढिएको




बीरगंज २९ बैशाख  

सामाजिक संस्था वातावरण जिउने आधारले आयोजना गरेको हिडेन ट्यालेन्ट नामक अनलाईन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

 

लकडाउनको समयमा युवाहरुमा रहेका प्रतिभाको प्रोत्साहनहोस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको थियो ।

संगित, नृत्य र हाँस्य लगायत विभिन्न विधामा रुचि राख्ने युवाहरुले आ(आफ्ना भिडियो संस्थालाई पठाएका थिए । यसरी पठाइएका भिडियोहरु संस्थाको सामाजिक सञ्जालमा राखिएको थियो ।

 

सामाजिक सञ्जालमा सबभन्दा बढी मन पराइएका उत्कृष्ट दुई भिडियोलाई पुरस्कृत गरिने संस्थाको योजना राखिएको थियो ।


आइतबार नतिजा सार्वजनिक गर्दै नृत्यतर्फ पद्मा कँडेल तथा चित्रकला तर्फ प्रयुषा थिंग उत्कृष्ट भएको जनाएको छ ।

उत्कृष्टद्धयलाई वातावरण जिउने आधारको आगामी कार्यक्रममा नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने संस्थाका सञ्चार अधिकारी दिपु वर्णवालले बताउनु भयो ।

 

साथै प्रतियोगितामा सहभागि भएका सबैलाई प्रमाण पत्र प्रदान गरिने वर्णवालले जाकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.