बीरगंज २९ बैशाख
पर्साको धोबनी गाउँपालिका वार्ड नं ४ लंगडीमा आफ्नै घरमा एक युवक मृत अवस्थामा फेला परेका छन ।
धोवीनी गाउँपालिका वडा नं ४ लगंडी निवासी ३५ वर्षिय मुकुल तिवारी आफनै घरमा मउत अवस्थामा भेटिएका हुन ।
बिहान स्थानीयले प्रहरीलाई खवर गरेपछि इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोली घटनास्थल पुगी बस्ुतुस्थिति मुचुल्का उठाई शव पोष्टमार्टमकालागि नारायणी अस्पताल बीरगंवजमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक चन्द्र सिंहले जानकारी दिनु भयो ।
मृतक तिवारीका श्रीमती एक छोरा र एक छोरी छिन । उनीहरु लकडाउनका कारण भारतमा माइती घरमा रहेका छन । तिवारी गाउँमा रेडिमेड कपडाको पसल संचालन गर्थे ।
प्रहरी यस घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया