बीरगंज ३१ बैशाख ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । आइसोलेशनबाट भाग्नेहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको बताउनु भयो। उहाँले र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिनु भयो ।
भागेकाहरुलाई खोजी गर्न प्रहरी परिचालन भएको छ । घरपरिवार र आफन्तजनलाई समेत उनीहरुलाई घरमा नराखी आइसोलेशनमा पुर्याउन अस्पताल प्रशासनले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया