logo

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

      5/19/2020 गते 00 00 मा प्रकाशित     1642   पटक पढिएको

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ  ।

 

कोरोना भाईरस संक्रमणको अहिलेसम्म कुनै उपचार र औषधि नभएको र रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने भएकोले आयुर्वेद औषधि र उपचार पद्धति उपयोगी रहेकोले सेवालाई प्रभाकारी बनाउनुपर्ने सुझावहरु दिइएको  हो ।

 

संक्रमितहरुको उपचारमा आयुर्वेद उपचार पद्धति उपयोगी देखिएकोले आयुर्वेद विभागको निर्देशिका अनुसार यसको सेवालाई प्रभावकारी बनाउनुपर्ने  सुझाव दिन थालिएको हो । कोरोना संक्रमणबाट बच्ने र संक्रमितहरुको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यसको सेवा प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ ।

 

अहिले नेपालमै पाईने जडिबुटी तथा घर आँगनमा उब्जाईने तरकारी फलपूmल र भान्सामा पकाईने स्वस्थ र स्वच्छ पोषिलो खानाको साथै दैनिक व्ययामले नै कोरोनालाई जित्न सकिने जगरनाथापुर गाउँपालिकाको जानकीटोला आयुर्वेद औषधालयका वैद्य निरीक्षक धिरेन्द्र सिंहले बताउनुभयो ।

 

उहाँले अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई आयुर्वेद औषधिलाई पनि खाद्यान्न भनेर वितरण गरेको प्रति आपत्ति जनाउदै आयुर्वेद औषधिहरुलाई खाद्यान्नको श्रेणीमा राख्न नहुने बताउनुभयो । चीनमा  क्लासिकल मेडिसिनको रुपमा आयुर्वेद औषधिलाई मान्यता दिएर प्रयोग गरेको भारतले पनि यसलाई प्राथामिकता दिदै आएको साथै नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद र योग तथा प्राकृतिक चिकित्सकलाई प्रवद्र्धन गर्ने भनेकोले २०७० सालमा संचालनमा ल्याएको नारायणी अस्पतालको आयुर्वेद परामर्श केन्द्रलाई थप जनशक्ति सहित सेवा प्रभावकारी बनाउनुपर्ने सिंहको भनाई छ ।

 

आयुर्वेद परामर्श सेवा केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न सञ्चारकर्मी महेश दासले पनि सुझाव दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा पोष्ट गर्दै नारायणी अस्पतालको हाताभित्र संचालनमा रहेको आयुर्वेद परामर्श सेवा केन्द्रबाट रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु बढी भन्दा बढी वितरण गर्दा राम्रो हुने विचार व्यक्त गर्नुभएको छ ।

 

जिल्ला आयुर्वेद सेवा केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्रले पनि अहिले नेपालीहरुले कोरोनासँग लड्न आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प नरहेकोले यसको लागि जडिबुटीबाट बनेको आयुर्वेद औषधिको प्रयोग तथा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.