logo

जिराभवानीको पकडी टोलका नागरिकलाई राहत बितरण ,रोगको होइन भोकको डर भयो

      5/26/2020 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको

पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर १ को पकडी टोलका गरीब बासिन्दालाई भोर संस्थाको सहयोगमा राहत बितरण गरिएको छ ।

 

ज्याला मजदुरी गरेर आफनो जीवन ब्यतित गर्दै आइरहेका भूमिहिन आदीवासी धाँगड समुदायलाई  राहत बितरण गरिएको हो । कृषि श्रममा आधारित उनीहरु लकडाउनका कारण बेरोजगार छन । राहतका नाममा आँगनमा भएको सरकारले नहेरेको उनीहरुको गुनासो रहेको छ ।


सामाजिक अभियान्ता प्रकाश थारु,स्थानीय युवाहरु  रामशरण खवास, अजगैबीनाथ ग़ौरो, तथा प्रभु चौधरी को  सहयोगमा राहत सामग्री बितरण गरिएको छ ।

 

कोरोनाको त्रास छ छ नै तर कोरोना भाइरसले आक्रमण गर्छ की गर्दै त्यो फरक कुरा भएपनि नागरिकलाई भोकले पिरोल्ने अवस्था आएको भोरका संस्स्थापक अध्यक्ष राह कुमारले बताउनु भयो । संस्थाले प्रति परिवार चामल २० केजी दाल २ केजी खाने तेल १ लिटर,हरियो तरकारी ५ केजी,सोयाविन १ केजी आलु २ केजी प्याज २ केजी नून १ केजी साबुन २ पिस र एउटा लौका राहत स्वरुप उपलब्ध गराएको अभियान्ता थारुले बताउनु भयो । 


त्यस वार्डका अन्य टोलका गरिव परिवारले राहत नपाएको गुनासो भने अहिले पनि गरिरहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.