logo

सूचना प्रविधिको क्षेत्रलाई अत्यावश्यक सेवामा पार्न क्यान महासंघ पर्साको माँग

      5/27/2020 गते 00 00 मा प्रकाशित     1273   पटक पढिएको


 सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई समेटन  क्यान महासङ्घ पर्साले माँग गरेको छ।

क्यान महासङ्घ पर्साले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सालाई ईमेल मार्फत ज्ञापन पत्र बुझाउँदै सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई पनि अत्यावश्यक क्षेत्रमा समावेश गर्न माग गरेको छ ।

 

ज्ञापनपत्रमा स्थानीय प्रशासनले सीमित उद्योगधन्दा सुचारु गर्ने निर्णय गरे पनि सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई सञ्चालन अनुमति नदिइएकोमा सरकारको ध्यानाकर्षण गरिएको छ ।


सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर बिक्रेता र सफ्टवेयर एवम् एप्लिकेसन निर्माता कम्पनीले सङ्कटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएको जनाउँदै महासङ्घले लकडाउनका कारण कर्मचारी तथा कामदारलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।


क्यान महासङ्घ पर्साका अध्यक्ष दीपक साहले प्रेषीत गर्नु भएको ज्ञापन पत्रमा सूचना प्रविधिका कारण लकडाउनको बेलामा सबैको पेशा ब्यवसाय संचालन भएको स्मरण गराउदै यो क्षेत्रलाई अत्यावश्यक सेवाको परिभाषा भित्र पारेर यो क्षेत्रलाई खुला गर्न माँग गर्नु भएको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.