logo

पर्सामा चट्याङ लागेर एकको मृत्यु

      5/30/2020 गते 00 00 मा प्रकाशित     653   पटक पढिएको

वीरगन्ज, १७ जेठ । आज (शनिबार) बिहान हावाहुरी र पानीसँगै परेको चट्यां लागेर पर्सामा एकजनाको मृत्यु भएको छ । एकजना घाईत भएका छन् । मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा टोलका ४२ बर्षीय रामबाबु महतो नुनिया रहेका छन् ।

हावाहुरी आएपछि घरको पश्चिमतर्फको बगैंचामा आँप टिप्न गएका रामबाबुको चट्यांग लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय एकटांगाले जनाएको छ । चट्यांग लागेर एकजना घाईते भएका छन् घाईतेको नाम भने खुल्न सकेको छ । उनी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि निको भएर घर फर्किएका छन् ।

मृतक रामबाबुको शव मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 
यस्तै पर्साको ठोरी गाउँपालिका–३ बुद्धनगरमा आज बिहान चट्याङ लागेर २ ओटा भैंसी मरेको छ ।

स्थानीय गोपाल श्रेष्ठले पालेको २ ओटा भैंसी बिहान करीब ८ बजे चट्याङ लागेर मरेको हो । गोठमा बांधेर राखेको भैंसी मरेपछि किसान श्रेष्ठ चिन्तित भएका छन् । बिहानको चट्याङबाट पशु चौपाया मरेको भएपनि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.