logo

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार चोरी गर्नेलाइ विना कारवाही छोड्यो

      6/6/2020 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

सीमा प्रहरी चौकी छपकैयाले एकलाख ७० हजार नगद चोरीको घटनामा संलग्नलाई कारवाही नगरि उन्मुक्ति दिएको छ । बिहीबार छप्कैया वडा नम्बर १ सुकुम्बासी टोलीकी स्थानीय जोखनीदेवी हजराको पैसा चोरी गरेको स्थानीय युवा सन्दीप हजराले प्रहरीको अगाडि स्वीकार गरेपनि प्रहरीले उनलाई पैसा फिर्ता गर्ने शर्तमा छोडिदिएको छ ।

जोखनीदेखिको चौधरी पासवान सवारी दुर्घटनामा घाईते भई काठमाडौंको बिएण्डबीमा उपचार गराई रहेका छन् । उनको उपचारका लागि जोखनीले ऋण खोजेर ल्याएको एकलाख ७० हजार रुपैँया पैसा घरमा राख्नुभएको थियो । त्यहि पैसा बिहीबार दिउँसो एम्बुलेन्सलाई दिएर पठाउनलाई निकाल्न जाँदा पैसा हराएको थाहा पाउनु भयो ।

पैसा हराएपछि जोखनीदेवीले शंकास्पद तीनजनाको नाम सहित प्रहरीलाई मौखिक जानकारी दिनुभएको थियो । सोही आधारमा सीमा प्रहरी चौकी छप्कैयाको प्रहरीले शंकास्पद व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरी चोरी गरेको पैसा फिर्ता नगरे कुकुर ल्याएर भएपनि चोर पत्ता लगाउने डर देखाएपछि हिजो बिहान जोखनीदेवीको घरको छानामा चोरी भएको पैसा मध्य एकलाख चालिस हजार रुपैंया जोखनीको घरमाथि छानामा भिजेको अवस्थामा फेला परेको थियो ।

शंकास्पद तीनजना मध्य दुईजनाले चोरी भएको पैसा भेटिएपनि आपूmहरुले गल्ती नगरेकोले बदनाम भएको भन्दै न्यायको माग गरेर छलफलका लागि बोलाएको थियो । सोही छलफलमा सन्दीप हजरा भन्ने युवाले पैसा चोरी गरेको समाजको अगाडि स्वीकार गरेका थिए । तर, उक्त छलफलमा वडा अध्यक्ष र प्रहरी दुवैको उपस्थिति भएनन् ।

जनप्रतिनिधि र सुरक्षाकर्मी नै उपस्थित नभएपछि जोखनीदेवीलाई थप १५ हजार दिएर बाँकी पैसा आजबेलुक सम्ममा दिने शर्तमा ती युवकलाई पनि छोडेको छ । चोरी गरेको स्वकारेपनि सीमा प्रहरी चौकी छपकैयाका प्रहरी नायव निरीक्षक विनोद राणाले दोषीलाई कारवाही नगर्दा स्थानीयवासी आश्चार्यमा परेका छन् । चोरीमा संलग्न व्यक्तिलाई कारवाही नगर्दा चोरी गर्नेहरुको मनोबल बढ्ने र थप चोरीका घटनाहरु बढ्नसक्ने चिन्ता स्थानीयमा छाएको छ ।

सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विनोद राणाले भने घटना विवरणको विषयमा जानकार दिन अनाकानी गरेका थिए । घटना भएको तिन दिन भईसक्दा पनि विस्तृत विवरण दिन आनाकानी गर्नुले प्रहरीको नियत माथि नै शंका उब्जिएको छ । स्थानीयहरुको भनाई अनुसार वडा चोरीको घटनामा संलग्न व्यक्ति वडा अध्यक्ष निकटको भएको र वडा अध्यक्ष छलफलमा उपस्थित नभएपछि प्रहरीले पनि केही गर्न नसेको बुझिएको छ ।     
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.