logo

पिसीआर मेशिन खरिद अभियानमा एक महिनाको पारिश्रमीक, सहयोग उपलब्ध गराउन सबैमा डा.यादवको अपिल 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1281   पटक पढिएको

बीरगंज महानगरपालिकाले स्थापना गरेको कोरोनाभाइरस रोकथाम एवं नियन्त्रण कोषमा आज प्रदेश सभा सदस्य डा. अन्जुकुमारी यादवले आफनो एक महिनाको पारिश्रमीक उपलब्ध गराउनु भएको छ । 

 शनिबार वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई महानगरपालिका कार्यालयमै गएर उहाँले  ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।


डा.यादवले कोरोना भाइरसको संक्रमण बिरुद्ध महानगरपालिकाले गरेको अगुवाईलाई हौसला प्रदान गर्न सहयोग राशी उपलब्ध गराएको बताउनु भयो । उहाँले जसले आफनो गच्छे अनुसार सकिन्छ यस्तो बेलामा सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

 

उहाँले यो अज्ञात शरु बिरुद्धको लडाई हो यसमा शत्रुले कसैलाई काखा कसैलाई पाखा नगर्ने कुरा बिचार गर्नै पर्ने बताउदै यो बेला सर्तकतापूर्वक मिलेर लडनुको बिकल्प नभएको बताउनु भयो ।

 

डा. यादवले केही दिन अघि आफनो सामाजिक संजाल बाट कोरोनाभाइरस परिक्षणका लागी पिसीआर मेसिन, भीटिएम किटलगयात स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नु भएको थियो । त्यही  घोषणालाई सार्थकता दिन  डा. यादवले आज सहयोग राशी हस्तान्तरण गर्नु भएको हो । 

नगरप्रमुख सरावगीले चेक बुझ्दै प्रदेशसभाबाट कोभिड कोषमा आफ्नो तलब सहयोग गर्ने सांसद् डा.अञ्जु कुमारी यादवलाई धन्यवाद दिनु भयो ।

 

उहाँले सबै सांसद्हरुले यसैगरी आफ्नो तलब सहयोग गरे महानगरपालिकाले देखेको सपना छिट्टै पूरा हुने बताउनु भयो ।

 

महानगर प्रमुख सरावगीले पिसीआर मेशिन र किट खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको परिक्षण गरेर बीरगंज सहित पर्सा जिल्लालाई ग्रिन जोनमा लाने र पेशा ब्यवसायहरु पूर्वत संचालनमा ल्याउने गरि यो अभियान शुरु गर्नु भएको हो । उहाँको यो अभियानमा पर्साका राजनीतिकदल ,नागरिक समाज सबैको सहयोग रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.