logo

जुवाको खालबाट जनाका प्रतिनिधि , शिक्षक र स्वास्थ्यकर्मी गिरफ्तार

 इसीमाना सम्वाददाता     २०७९ माघ २ गते ०८: ४२ मा प्रकाशित     601   पटक पढिएको

बढनिहार । पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट प्रहरीले जुवाडेलाई गिरफतार गरेको छ ।

 

नगद र तास सहित उनीहरुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । 

प्रहरीले केही पूर्व र बर्तमान जनप्रतिनिधिलाई जुवाको खालबाट गिरफ्तार गरेको छ । जुवाखालबाट शिक्षक समेत गिरफ्तारीमा परेका छन ।

 


जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पर्सागढी नगरपालिका – १ का पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरिशंकर चौधरी पर्सागढी नगरपालिका ८ बस्ने नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, जितेन्द्र यादव, वडा नं ३ स्थित जनता मावि पकडिया बढनियारका शिक्षक एम। पाठक रहेका छन ।

त्यसैगरी वन कार्यालयका जमदार जीतबहादुर तमाङ्ग, वडा न २ ठेकेदार लक्ष्मण प्रसाद, पर्सागढी–९ बढेर्वा स्थित बडेर्वा मावि शिक्षक गौरी शंकर चौधरी, पटेर्वा सुगौली गापा वडा न ३ अब्दुल मुकेरी, पटेर्वा सुगौली स्वास्थ्य शाखाका सिनियर अहेब सखुवाप्रसौनी–१ दोहरीका दिपनारायण चौधरी, लाई जुवातास खेलेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।


प्रहरीले जुवाको खालबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक तास पनि बरामद गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.