logo

८ जना महिला सहित १ सय ३२ जनाले गरे रक्तदान

      6/6/2020 गते 00 00 मा प्रकाशित     1595   पटक पढिएको

 वीरगंजको भिन्दा भिन्दै स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आज ८ जना महिला सहित १ सय ३२ जनाले रक्तदान गर्नु भएको छ । 


    समाज परिवर्तन नेपाल, वीरगंज–२५, प्रसौनीबिर्ताले नृसिंह माविमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ६१ जनाले रक्तदान गरेको नेरेसो पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताउनु भयो ।

 

संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन बीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले गर्नु भएको थियो ।


    कार्यक्रममा सृजना दाहाल, जगरनाथ कलवार, रञ्जन साह, अजय साह, रोशन सर्राफ, दीपेन्द्र साह, प्रिन्स यादव, अगेन्द्र पटेल, रोशन रूपाखेतीलगायतले रक्तदान गर्नु भएको थियो।


    त्यसैगरी, दुर्गा पूजा सेवा समिति, वीरगंज–९, रानीघाटले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ७१ जनाले रक्तदान गर्नु भएको छ। समितिका अध्यक्ष सतीश सिंह राजपूतको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन समितिका सल्लाहकार विजय पौडेलले गर्नु भएको थियो ।


    कार्यक्रममा अध्यक्ष राजपूत, बबिता ब्याहुत, उमा मानन्धर, नीरज गुप्ता, सदाशिव गुप्ता, हरेन्द्र चौधरी, नुरुल होदा, रमाकान्त साह, सन्दीप रौनियार, रवि गुप्ता, श्याम कलवार, राजकुमार चौधरी, लखनलाल साह कानूलगायतले रक्तदान गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.