logo

बलुवामा गोढ समाजको बैठक सम्पन्न,थर सच्याउन निवेदन

 भगवानलाल कुर्मी     २०७९ माघ २१ गते ०७: ४३ मा प्रकाशित     807   पटक पढिएको

वीरगंज पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितिका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

 

बैठकमा, समितिीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेको पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन निवेदन दिएको जानकारी गराएका थिए ।

 

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

 

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आयव्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

 

सो अवसरमा स्थानीय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संजय साह ,पोखरीया नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सोनालाल साह र स्वास्यथ्कर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो । बैठकको सहजीकरण राकेश साहले गरेका थिए ।

 

बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिति । बैठक वडा अध्यक्ष संजय साहको घरमा सम्पन्न भएको थियो । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.