logo

फरार कसुरदारमुक्त क्षेत्र बनाउने प्रहरी अभियान, ५३ कसुरदार पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ माघ २२ गते ०८: २० मा प्रकाशित     311   पटक पढिएको

विभिन्न मुद्दाका फरार कसुरदारहरुलाई पक्रिने अभियानलाई जिल्ला प्रहरी कार्यालय र त्यसका मातहत कार्यालयले तिब्रता दिएका छन ।

 

पुष २० गते देखी हाल सम्म पर्सामा विभिन्न समय र स्थानहरुबाट ५३  जना फरार कसुरदारलाई  पक्राउ  गरि जिल्ला अदालतमा बुझाएको प्रवक्ता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । 

 

पर्सा जिल्ला अदालतबाट दण्ड, जरिवाना तथा कैद घोषित भएका विभिन्न मुद्दाका फरार कसुरदारहरुको  कैद तथा जरिवाना भुक्तानीकालागि प्रहरीले पक्राउ अभियान चलाएको छ । 

 

कैद भूक्तान र जरिवाना तोकिएका कसुरदारहरुमुक्त क्षेत्र बनाउने गरि प्रहरीका मातहत कार्यालयले अभियान संचालन गरेका छन ।

 

वीरगंजका वडा प्रहरी कार्यालय बिर्ताले पनि फरार प्रतिवादी मुक्त क्षेत्र बनाउने गरि अभियान चर्लाइएको प्रहरी निरिक्षक बिशाल मल्लले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.