logo

आधारभूत शिक्षा कार्यक्रमको पालिका अध्यक्ष श्रेष्ठद्वारा अवलोकन

 इसीमाना सम्वाददाता     २०७९ माघ २३ गते ०९: ०४ मा प्रकाशित     713   पटक पढिएको

असासमान नेपालको आयोजनामा ठोरी गाउँपालिका भित्र संचालित आधारभूत शिक्षा कार्यक्रमको गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले सोमवार अनुगमन गरेका छन ।

 


ठोरी गाउँपालिका भित्रका बिद्यालय जानबाट बन्चित ८३ जना छात्राहरूलाई आधारभूत तथा ब्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको आसमान नेपालाले शिक्षण सुरुवात गरेको ६ महिना पछि गापा अध्यक्ष तथा ठोरीका अन्य जनप्रतिनिधिहरुले त्यसको प्रभावकारिताका बिषयमा अवलोकन गरेका हुन ।


ठोरी वडा नं– १ र ३ मा आज अवलोकन गरिएको ब्यापार योजना निर्माण गरेर सबैलाई सीपमूलक तालिम दिई रोजगार मूलक काममा लगाउने उद्देश्य राखिएको आसमान नेपालका ठोरी गाउँ पालिका संयोजक धर्मेन्द्र चौरासियाले बताए ।

 

ठोरीका सहभागीहरुको उत्साहजनक सहभागीतामा संचालन भइरहेको उक्त कार्यक्रमले बिद्यालय जानबाट बन्चित तथा बिद्यालय जान छोडेका १० देखि १८ बर्ष उमेर समुहकाछात्रा विद्यार्थीहरुलाई उद्यमशिल बन्न प्रोत्साहन मिल्ने आसमान नेपालले जनाएको छ ।


ठोरी गाउँपालिकाको वडा नं– १ र ३ का विभिन्न ठाउमा आज आयोजित कार्यक्रमहरुमा कक्षामा सहभागी विद्यार्थीहरुलाई चित्रकला, गित लेखन, कविता लेखन आदिमा प्रतिस्पर्धा गराई बिजेता हुने विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष श्रेष्ठ, वडाध्यक्षहरु तथा समाजका अगुवाहरूले पुरस्कार स्वरुप टिसर्ट बितरण गरेका थिए । आसमान नेपालले ठोरीका १, ३ र ५ वडाका विभिन्न टोलहरुमा उक्त कक्षा संचालन गर्दै आइरहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.