logo

प्रतिवन्धित लागु औषध सहित तीन जना र ट्रक प्रहरी नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०७९ माघ २५ गते ०४: ११ मा प्रकाशित     344   पटक पढिएको

प्रहरीले प्रतिवन्धित लागु औषध सहित तीन जना र एउटा सवारी साधन समेत पक्राउ गरेको छ । वीरगंज महानगरपालिका – २५ ड्राइपोर्ट गेट अगाडि सवारी चेक जाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा – ९ का ४२ वर्षिय निर्मल पौडेल, सोही ठाउका ४० वर्षिय रमेश थापा र २९ वर्षिय सुर्दशन खडका रहेका छन ।प्रहरी नीरिक्षक डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट प्रहरीले अनरेक्स सीरप एक सय एमएलको १ सय ६६ वोतल र कोठवील कफ सीरप ५७ वोतल बरामद गरेको छ ।

 

ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको अवस्थामा वोतल बरामद भएको हो । प्रदेश २/०३/००१ क १९३४ नम्बरको ट्रक लागु औषध र तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.