logo

सवारी दुर्घटनाबाट परि घाइते भएका बालकको उपचारको क्रममा मृत्यु

 इसीमाना सम्वाददाता     २०७९ फागुन २ गते ०६: ४९ मा प्रकाशित     280   पटक पढिएको

सवारी दुर्घटनाबाट परि घाइते भएका १८ महिने वालक रिशव मालीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार दिउसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नं–१० टाउनहल नजिकै उनी सवार अटोरक्सा पल्टिदा उनी घाइते भएका थिए ।

 

वीरगञ्ज महानगरपालिका वडा नं–१० आदर्शनगर बस्ने ३५ वर्षिय राम सुन्दर दास तत्माले चलाइरहेको ना.१ ह ३७४० नम्बरको ईरिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

घाइते मालीलाई उपचारकोलागि वीरगञ्ज एडभान्स अस्पतालमा लगिएको थियो । उपचारको क्रममा रगत बन्द नभएका कारण थप उपचारकालागि नेशनल मेडिकल कलेजमा लगि उपचार गर्दा उनको मृत्यु भएको हो ।

 

इरिक्सा चालक दासलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.