logo

शिक्षामा बेथिति उमेर नपुग्दै नियुक्ति,अख्तियारमा मुद्धा बिचराधीन

 इसीमाना सम्वाददाता     २०७९ चैत २ गते ०२: ५४ मा प्रकाशित     591   पटक पढिएको

वीरगञ्ज महानगरपलिका वडा–२४ मा रहेको श्री राम जानकी आधारभूत विद्यालयमा उमेर नै नपुगेको अयोग्य र नियुक्ति नै नपाएको दुईजना शिक्षीका कार्यरत रहेको पाईएको छ ।

 

तत्कालिन बगही गाविस वडा– ६ परिर्वतित वीरगञ्ज महानगर वडा–२८ बस्ने वर्ष १५ कि बबली कुमारीलाई उमेर नपुगदै नियूक्ती पाएको खुलासा भएको छ । उनलाई नेपाल रेव्ये माध्यमिक विद्यालय को मिति २०६५ असार १३ गते संचालीत बालबिकास शिक्षिकाको रुपमा पठन पाठन गराउन नियूक्ती पत्र दिएको थियो । बबलीले जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०६८ भदौ २३ गते नेपाली नागरीकता प्राप्त गरेकी थिईन् ।

No description available.

उनको नागरीकतामा जन्म मिति २०५० पौष २६ गते उल्लेख गरिएको छ । त्यसरी नियूक्ती पाउँदा बबलीको उमेर १५ वर्ष मात्रै पुगेको देखिएको छ । अर्का शिक्षिका रिंकु कुमारी पनि नियुक्ति पत्र नै नभई कार्यरत रहेकी छिन् ।

 

बाल विकास सहयोगी शिक्षिकाको रुपमा कार्यरत रिंकु कुमारीलाई जिल्ला शिक्षा कार्यालयले रामजानकी प्राविमा रमाना गरेको पत्र अनुसार हाजिर गराउन विद्यालय व्यावस्थापन समितिको सर्वसम्म्तीले निर्णय गरेको भनिएपनि उनको जिल्ला शिक्षा कार्यालबाट दिईएको नियुक्तिपत्रको कुनै प्रमाण भेटिएको छैन ।

 

विद्यालयको लेडर प्याडमा विद्यालय व्यावस्थापन समितिको बैठकको मिति र जिल्ला शिक्षा कार्यालयले पठाएको भनी उल्लेख गरिएको चलानी नम्बर पनि केरमेट गरि लेखिएको छ ।

 

जिल्ला शिक्षा अधिकारीलाई सम्बोधन गरी लेखिएको लेटर प्याडमा विद्यालय व्यावस्थापन समितिको मिति २०६८।५।१० उल्लेख गरिएको ठाउँमा ५ गतेलाई ८ गते बनाईएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय पर्साको चलानी नम्बर ४० लेखिएको ठाउँमा पनि केरमेट गरेर ५५ लेखिएको छ ।

No description available.

राजनीति दवाबमा केहीवर्ष यो विषय लुकाईए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत, महानगरको शिक्षा महाशाखामा स्थानीयले उजुरी गरे पश्चात यो बिषय बाहीर आएको हो ।

 

बबलीको उमेर र योग्यता नपुग्दै झुक्याएर नियूक्ती लिएको भन्दै महानगरमा स्थानीयले पटक पटक उजुरी गरेपछि महानगरपालिकाले बबलीको ९ महिनाको पारिश्रमिक समेत रोक्का गरेको थियो ।

 

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने काम अख्तियारको रहेको भन्दै बबलीको तलब नरोक्न निर्देशन दिएपछि महानगरपालिकाले बबलीको तलब निकासा गरेको बुझिएको छ ।

 

अख्तियारमै उजुरी परेपनि अहिलेसम्म कुनै ठोष कारर्वाही भने भएको छैन । आयोगले महानगरलाई कारवाही गर्न पटक पटक पत्रचार गरेपनि महानगर अन्तरगतका शिक्षा महाशाखाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।राजनीति दबावका कारण यस बिषयमा वीरगञ्ज महानगरले कुनै प्रतिक्रिया दिन मानेको छैन ।

 

वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले भने अख्तियार दुरुपयो अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र आवश्यक कागजात त्यही पठाएको जनाएको छ । महानगरका शिक्षा शाखाका एक जना अधिकृत हरि राउत कुर्मीले १८ वर्ष उमेर पुगेपछिको नियुक्तिलेमात्र बैधता पाउने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.