logo

पर्सागढीमा निस्सा बितरण शुरु पूर्जा बिहिन नागरिकमा आशाको संचार

 इसीमाना सम्वाददाता     २०७९ चैत २४ गते ०९: ५० मा प्रकाशित     1019   पटक पढिएको

पर्सागढी नगरपालिका वार्ड नं २ को आयोजना मा भूमिहिन दलित भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुकालागि निस्सा बितरण गरिएको छ ।

शुक्रवार वडाध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुको अध्यक्षता निस्सा बितरण कार्यक्रम सम्पन्न भएको हो । निस्सा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका पर्साका अध्यक्ष तबरेज अहमदले निस्सा प्रारम्भिक लालपूर्जा भएको बताए ।

No description available.

उनले आफू आयोगको पर्सा संयोजक भएको आजकै दिन निस्सा बितरण गर्न पाउदा सन्ताष ब्यक्त गरे । संयोग कति राम्रो गएको वर्ष आजकै दिन मैले यो जिम्मेवारी पाएको थिए अहमदले भने “आजै पर्सा जिल्लाको पर्सागढी नगरपालिकाबाट निस्सा बितरण कार्य भइरहेको छ” ।

 

अध्यक्ष अहमदले आइतबार चिठी आएपछि पन्ध्र दिने सूचना निकाल्ने र नापीको काम प्रारम्भ हुनेले बताए । यसमा कुनै किसिमको सेवा शुल्क लाग्ने छैन ।

No description available.

यदि कसैले कुनै किसिमको सेवाको माग गरेमा आयोगमा सम्पर्क गर्न उनले अपिल गरेका छन। अव्यवस्थित बसोबास रहेकोहरु लाई राज्यले नै केही शुल्क तोकिएको हुनाले आफूहरुले नियम पुर्वक काम गर्ने बताए । अहमदले पूर्जाबिहिन नागरिकको पीडालाई आफूहरुले बुझेको बताए।

 

उनले कर्मचारीतन्त्र प्रति गुनासो गर्दै निजामती कर्मचारीले पीडा बुझीदिने हो भने दुई तीन महिना अगाडिनै पूर्जा बितरणको काम भइसकेको हुने थियो ।

No description available.

वडा नं २ मा भुमिहिन ७६ जना भुमिहिन सुकुम्बासी, ४१ जना र अब्यवस्थित बसोबास १ सय ८३ जना रहेका छन् । कार्यक्रममा बिशिष्ट अतिथि नगर उप प्रमुख पुजा चौधरी , कार्यपालिका सदस्य सीता लामा , राष्ट्रीय भूमि आयोगका सदस्य सुरेन्द्र सिंह,हेमा कुमारी भट्टराईलगायतको सहभागिता रहेको थियो ।

 

निस्सा बितरणले पूर्जा बिहिन नागरिकमा आशाको संचार भएको आयोगका सदस्य हिरा भट्टराईले बताइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.