logo

महायज्ञमा दलीतको सहभागिता फेरी निषेध, आयोजक बिरुद्ध प्रहरीमा किटानी जाहेरी

 इसीमाना सम्वाददाता     २०७९ चैत २७ गते ०७: ०२ मा प्रकाशित     554   पटक पढिएको

वीरगंज । ०८० बैशाख १२ गतेदेखी वीरगंज महानगरपालिकाको वडा नं १८ को सखुचैनामा हुने महायज्ञमा दलीतलाई सहभागि हुन नदिने नीति लिएको भन्दै त्यसको बिरुद्ध ०७९ चैत २७ गते दलीत अगुवाले जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी उजुरी दिएका छन ।

 

शाख १२ देखि सुखचैनामा हुन लागेको महायज्ञमा सहभागी गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई दलित अगुवा एवम् स्थानीयले निवेदन दिएका हुन् ।

 

दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित अगुवाहरूको टोलीले निवेदन दिँदै महायज्ञमा दलितलाई सहभागी गराउन माग गरेको हो ।

बिष्णु महायज्ञ व्यवस्थापन समितिले यज्ञमा सहभागी गराउन इन्कार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्नेसमेत धम्की दिएको निवेदनमा दाबी गरिएको छ ।

 

सुखचैनामा दलीत समुदायको ४२ घर छ । महायज्ञ व्यवस्थापन समितिमा ६१ जना सदस्य राखिएका छन । समितिमा दलितबाट कसैलाई पनि राखिएको छैन । दलीत समुदायसंग चन्दा पनि मागिएको छैन ।

 

महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष खोभारी महतो प्रतिक्रिया दिनबाट पन्छिए । समितिका सचिव गोपाल प्रसाद यादवले उनीहरु आफै बस्न नचाहेको प्रतिक्रिया दिए ।

 

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले छुवाछुतजस्तो गम्भिर विषयमा छलफल नगर्ने बताउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन सुझाव दिए ।

 

दलित अगुवाहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी ०७९ चैत २६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

किटानी बुझ्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले महायज्ञ समितिका अध्यक्षसहितका पदाधिकारीलाई जिल्लामा हाजिरी गराउन निर्देशन दिएका छन् ।

०७९ चैत ८ गतेदेखि १६ गतेसम्म वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा पनि दलीतलाई सभागि गराइएको थिएन । वडा नम्बर १८ सुखचैनामा पनि त्यही घटना दोहोरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.