logo

बैसठ्ठीलाख बराबरको औषधी आवश्यक कारवाहीकोलागि राजस्व बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० बैशाख १७ गते ०६: १९ मा प्रकाशित     291   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६२ लाख ८ हजार ५९३ मूल्य बराबरको ट्रकभित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाएको छ ।

 

बिल विजक भन्दा बढी विभिन्न किसिमकाऔषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाएको हो ।

 

वीरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको ना.४ ख. ८७४० नम्बरको मालवाहक ट्रक महानगरपालिका वडा नं–८ घण्टाघरस्थित सडकखण्डबाट शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले रोकेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए

 

नियन्त्रणमा लिईएको सामान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.