वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा शान्ति सुरक्षा र मिटर ब्याजसँग सम्बन्धित बाहेक अन्य सेवा दुईदिनका लागि ठप्प हुने भएको छ ।
नवनिर्मित प्रशासनिक भवनमा कम्प्युटर, प्रिन्टर, राहदानी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता स्टेशन, अभिलेख फाईलहरु, फर्निचर लगायतका कार्यालयका सम्पूर्ण सामाग्रीहरु सार्नु पर्ने भएकोले सेवा दई दिन बन्द गरिएको जिल्ला प्शासन कार्यालय पर्साले बिज्ञप्ति सार्वजनीक गरेर जनाएको छ ।
पूरानो भवनबाट सामग्रीहरु सार्नु पर्ने भएको हुनाले आज वैशाख २६ गते र भोली वैशाख २७ गते गरी दुईदिनका लागि जिल्ला प्रशासन कार्यालय पर्साको कामकाज र सेवा ठप्प हुने पर्साका प्रमुख जिलला अधिकारी हिरााल रेग्मीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यो दुई दिन शन्ति सुरक्षा र मिटरब्याजसँग सम्बन्धित सेवा भने निरन्तर रहने छ ।
तपाईको प्रतिक्रिया