logo

स्रोत नखुलेको १२ लाख सहित नेपाली र भारतीय गरि दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० बैशाख २७ गते ०६: ४७ मा प्रकाशित     299   पटक पढिएको

वीरगंज स्रोत नखुलेको १२ लाख नेपाली रुपैया सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलवार उनीहरुलाई बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा स्थित पुल बाट पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षिय धनन्जय कुमार गुप्ता र अर्का बिन्दवासीनी गाउँपालिका वडा नं ६ का २६ वर्षिय मुसाहेव आलम रहेका छन ।

 

उनीहरुको साथबाट बिआर ०५ एस ४७०२ को मोटरसाइकल नेपाली रुपैयाका १ हजार दरका ८ सय थान र ५ ुसय दरका ८ सय थान गरि १२ लाख रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ८िएसपी दीपक गिरीले जनाए ।

 

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा मिति बुधवार गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.