logo

कवाडीकरको नाममा असुली गर्नेहरु सडकबाटै पुगे प्रहरी थुनामा

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३१ गते ०९: १७ मा प्रकाशित     279   पटक पढिएको

सीमरा। करको नाममा वीरगंज पथलैया औद्योगिक करिडोरको त्रिभूवन राजपथमा जथाभावी अवैध पैसा असुली गर्ने गिरोहलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थितको राजमार्गमा अवैध असुली गरिरहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।


एच एण्ड जे ट्रेडर्स नामको संस्थाले कवाडी करको नाममा मालबाहक तथा खाली सवारी साधन संग अवैध तरिकाले पैसा असुली गरिरहेको जन गुनासो पछि प्रहरीले उनीहरूलाई पैसा उठाईरहेकै ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, बिन्दबासिनी गाँउपालिका वडा नम्बर १ का १९ वर्षिय चन्दन कुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरज कुमार गुप्ता छन् ।

 

उनीहरूलाई ईलाका प्रहरी कार्यालय जीतपुरको नियनत्रणमा राखिएको छ छ ।करिव १० महिना देखी एच एण्ड जे ट्रेडर्सले यसरी अवैध तरिकाले सवारी चालकलाई डराए धम्काएर पैसा उठाउदै आइरहेको गुनासो प्रहरीमा परेपछि प्रहरी एकशनमा उत्रिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.