logo

सिँचाइ विभागका तत्कालीन महानिर्देशक राजभण्डारीविरुद्ध बिशेष अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०८० असार ४ गते ०५: ०९ मा प्रकाशित     313   पटक पढिएको

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

सोमबार राजभण्डारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ सम्म उनले जम्मा तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैयाँ अड् चालीस पैसा वैध तरिकाले आर्जन गरेको देखिन्छ ।


तर उनको कुल सम्पत्ति भने सात करोड बयालीस लाख उनन्तीस हजार छयासी रुपैयाँ बैसठ्ठी पैसा देखिएपछि भ्रष्टाचार भएको ठहर अख्तियारको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.