बीरगंज । प्रहरीले प्रतिवन्धित लागु औषध सहित एक भारतीय नागरिकलाई गिरफ्तार गरेको छ ।
बुधवार बिहान चेकजाँचको क्रममा भारत विहार मोतिहारी जिल्ला रक्सौल थाना डंकन निवासी २० वर्षिय अनिल भन्ने अनिष सिंहलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनलाई रजतजयन्तीचोक स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दै गर्दा गिरफ्तार गरेको हो ।
सिंह भारत तर्फबाट पैदल बीरगंज तर्फ आउदै गरेका थिए। उनले बोकेको कालो झोला भित्र लागु औषध नाइट्राभेट १ हजार ४ सय ७० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
उनी बिरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया