logo

साप्ताहिक पत्रिकाको लोककल्याणकारी बिज्ञापन नरोक्न माँग गर्दै महानगरलाई ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० असार २० गते ०४: ५७ मा प्रकाशित     524   पटक पढिएको

बीरगंज । वीरगंज महानगरपालिकाले साप्ताहिक पत्रिकाहरुलाई लोककल्याणकारी बिज्ञापन नदिने गरि नयाँ सूचीकरणको लागि सूचना आव्हान गरिएको भन्दै साप्ताहिक पत्रिकाका संचालकहरुले बिरोध गरेका छन ।

 उनीहरुले साप्ताहिक संघर्ष समिति बनाएर वीरगंज महानगरका प्रमुख राजेशमानसिंहलाई बुधवार ज्ञापन पञ बुझाएका छन ।


जनतालाई सूचना प्रवाह गर्ने एक मात्र माध्यम साप्ताहिक पत्रिकाबाट शुरु भएको ऐतिहासिक कुरालाई स्मरण गर्न संघर्ष समितिले आग्रह गरेको छ । साप्ताहिक पत्रिकाहरुलाई दिदै आएको लोककल्याणकारी बिज्ञापन आर्थिक वर्ष ०८०/०८१ देखी नदिने गरि सूचीकरण अद्यावधीक नगरिएकोमा संघर्ष समितिले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

 वीरगंजबाट प्रकाशीत साप्ताहिक पत्रिकाहरुको संरक्षण एवं प्रवद्र्धनमा वीरगंज महानगरपालिकाको मुख्य भुमिका रहेकोले तथ्यलाई स्मरण गारउदै समितिले लाकेकल्याणकारी बिज्ञापनलाई निरन्तरता दिदै हालको दररेट बढाउन माँग गरेको छ ।

 समितिले साप्ताहिक पत्रिकालाई वर्षमा चार वटा चाडपर्वमा प्रकाशित हुने शुभकामना विज्ञापन लोककल्याणकारी विज्ञापनमा समावेश नहुने गरी छुट्टै दररेट निर्धारण गरी उपलब्ध र वीरगंज महानगरपालिकाको आम संचार तथा प्रबद्र्धन समितिमा साप्ताहिक पत्रिकाको तर्फबाट पनि अनिवार्य रुपमा प्रतिनिधि राख्न माँग गरेको समितिका संयोजक शेषमन पंडितद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.