logo

साप्ताहिक पत्रिकाको लोककल्याणकारी बिज्ञापन नरोक्न माँग गर्दै महानगरलाई ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० असार २० गते ०४: ५७ मा प्रकाशित     633   पटक पढिएको

बीरगंज । वीरगंज महानगरपालिकाले साप्ताहिक पत्रिकाहरुलाई लोककल्याणकारी बिज्ञापन नदिने गरि नयाँ सूचीकरणको लागि सूचना आव्हान गरिएको भन्दै साप्ताहिक पत्रिकाका संचालकहरुले बिरोध गरेका छन ।

 उनीहरुले साप्ताहिक संघर्ष समिति बनाएर वीरगंज महानगरका प्रमुख राजेशमानसिंहलाई बुधवार ज्ञापन पञ बुझाएका छन ।


जनतालाई सूचना प्रवाह गर्ने एक मात्र माध्यम साप्ताहिक पत्रिकाबाट शुरु भएको ऐतिहासिक कुरालाई स्मरण गर्न संघर्ष समितिले आग्रह गरेको छ । साप्ताहिक पत्रिकाहरुलाई दिदै आएको लोककल्याणकारी बिज्ञापन आर्थिक वर्ष ०८०/०८१ देखी नदिने गरि सूचीकरण अद्यावधीक नगरिएकोमा संघर्ष समितिले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

 वीरगंजबाट प्रकाशीत साप्ताहिक पत्रिकाहरुको संरक्षण एवं प्रवद्र्धनमा वीरगंज महानगरपालिकाको मुख्य भुमिका रहेकोले तथ्यलाई स्मरण गारउदै समितिले लाकेकल्याणकारी बिज्ञापनलाई निरन्तरता दिदै हालको दररेट बढाउन माँग गरेको छ ।

 समितिले साप्ताहिक पत्रिकालाई वर्षमा चार वटा चाडपर्वमा प्रकाशित हुने शुभकामना विज्ञापन लोककल्याणकारी विज्ञापनमा समावेश नहुने गरी छुट्टै दररेट निर्धारण गरी उपलब्ध र वीरगंज महानगरपालिकाको आम संचार तथा प्रबद्र्धन समितिमा साप्ताहिक पत्रिकाको तर्फबाट पनि अनिवार्य रुपमा प्रतिनिधि राख्न माँग गरेको समितिका संयोजक शेषमन पंडितद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.