logo

युरीया मलको कालो बजारी गर्ने बहुदरमाईका साह पक्राउ

 इसीमाना सम्वाददाता     २०८० असार २२ गते ०७: ०५ मा प्रकाशित     432   पटक पढिएको

वीरगंज । नेपाली किसानलाई राहत स्वरुप बितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको ५० केजीको खेती शक्ति युरिया मलको कालो बजारी गरेको आरोप प्रहरीले एक जालाई पक्राउ गरेको छ ।

 


पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं –का २८ वर्षिय दिपेश कुमार साह रेहका छन । उनले वीरगंज महानगरपालिका वडा नं –२१ को हनुमान मन्दीरको छेउमा रहेको बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ – बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गर्दै आएका थिए ।

 

साहले नेपाली मललाई भारतीय युरिया मलको ४५ केजीको बोरमा पल्टी गरि नेपाली किसानलाई बेच्दै ठग्दै आइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममै छापा मारेर साहलाई पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले गोदाम कोठाको कानूनी रीतपुर्‍याई खानतलासी गरेको थियो ।

 

गोदामबाट साल्ट ट्रेडिङ कार्पेरेशन लिमिटेडको खेती शक्ति युरीया मल ५० के.जी.को ४५ बोरा,भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को १५ बोरा,एउटा मोटरसाइकल,शक्ति युरीया मल ५० के.जी.को खाली बोरा ३२ थान र भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को खाली १६ थान बराममद भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

 

साहलाई जिल्ला प्शासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

सभामुखको नेतृत्वमा प्रदेश सभामा ६ सदस्यीय कार्यदल गठन

जनकपुरधाम । मधेश प्रदेशसभामा सरकारले प्रस्तुत गरेको बजेट समबन्धी देखिएको समस्याको खोज्न सभामुखको नेतृत्वमा कार्यदल बनेको छ ।

वीरगञ्जको पानी संकटबारे  प्रदेशसभामा सांसद पटेलको आवाज  समस्याको  समाधानकालागि गरे अग्रह

जनकपुरधाम । वीरगञ्जमा लामो समयदेखि जारी रहेको खानेपानी संकट अब एक स्थानीय समस्या मात्र रहेन, यो प्रदेशस्तरीय चिन्ताको विषय बनेको छ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.