logo

शिक्षक महासंघको अध्यक्षमा यादव सचिवमा गिरी पूनः निर्वाचित

 इसीमाना सम्वाददाता     २०८० असार २३ गते ०८: ०५ मा प्रकाशित     211   पटक पढिएको

वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् । वीरगञ्ज –२४ को रामगढवामा रहेको कुर्मी धर्मशालामा शनिबार सम्पन्न महासंघको दोश्रो अधिवेशनले यादवलाई पूनः अध्यषमा चयन गरेको हो ।

 

महासंघको सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चौधरी चयन भएका छन् ।

यस्तै सचिवमा विनोद गिरि, सहसचिवमा राकेश मिश्र,रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशोक कुमार केवट,पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमोहन चौरसिया र योगेश्वर मिश्र चयन भएको निर्वाचन समितिका संयोजक रामकुमार अधिकारीले जानकारी दिए।


महासंघका निर्वतमान अध्यक्ष तिर्थराज यादवको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतले अधिवेशन सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.