logo

सशस्त्र प्रहरीद्वारा पटेर्वा सुगौलीका माझीद्वय १५ किलो चरेश सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८० असार २७ गते ०७: ३० मा प्रकाशित     341   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

 

सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारको मूल गेटको चेकप्वाइन्टबाट बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

भन्सार मूल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरिक्षक राम जंग पाण्डेको कमाण्डमा  खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले विशेष सूचनाको आधारमा बीआर २२ एम ४२०६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेकजाँच गरेको थियो ।

 

जाँचकै क्रममा उनीहरुलाई सशस्त्र प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरु चरेश लिएर भारततर्फ जाँदै गरेका थिए ।

मोटरसाइकलको ट्यांकीबाट १५ किलो ३ सय १० ग्राम चरेस बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए।

 

पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.