logo

राजस्वछलीका सामान बरामद , कारवाहीकालागि भंसार बुझाइयो

 इसीमाना सम्वाददाता     २०८० असार २८ गते ०८: ५७ मा प्रकाशित     293   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली भित्र्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा एक लाख ९१ हजार २० रुपैया बराबरका विभिन्न किसिमका सामानहरु बरामद गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय छपकैया , प्रहरी चौकी ईनर्वा,प्रहरी चौकी बसपार्क र अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउको संयुक्त टोलीले चोलोको कपडा ५ थान ,नेटको कपडा ५थान ,सुरुवालको कपडा १ थान, कुर्था सुरवाल २० पिस ,गोल्डेन ओक २८ पिस,बिभिन्न किसिमका मोबाईल पार्ट पुर्जा १ झोला,चिनी ९६ किलो मोटरसाइकलको ट्युव ६२ पिस,कस्तुरी रक्सी ५५ बोतल ,थानको कपडा ३ थान गरी जम्मा एक लाख ९१ हजार २० रुपैया बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


बरामद गरिएका सामानहरुलाई आवशयक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.