बीरगंज । खानेपानीको समस्या समाधान गर्न नेपाली काग्रेंस पर्साले आज वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह तथा उपप्रमुख इम्तियाज आलमलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीको नेतृत्वमा गएका टोलीले बुधवार वीरगञ्ज महानगरपालिकाको कार्यलयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
बीरग.ज महानगरभित्रका अधिकांश चापाकलहरु सुक्न थालेपछि पिउने पानीको समस्या भएको भन्दै महानगरपालिकाले तत्काल योजना बनाई खानेपानीको समस्या समाधान गर्न काग्रेंस पर्साले ज्ञापन पत्र मार्फत माग गरेको छ ।
पानीको अभाव झेल्न बाध्य नागरिकहरु छिमेकीकोमा बाल्टिन, बोतल लिएर पानी खोज्न बाध्य भएका छन् ।
पानीको समस्या समाधानका लागि महानगरले प्रत्येक वडा तथा चोकमा खानेपानीको धारा जडान गर्नुपर्ने, खानेपानी सस्थांनद्वारा पानी वितरणका लागि व्यवस्था गर्नुपर्ने, वडाहरुमा रहेका इनारलाई सफा गराउन लगायतका कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै खानेपानीको पाइप विस्तार गर्न, दडप बोरिङको योजना तयार पारी सोको विस्तार गर्न र प्रत्येक वडाहरुमा वृक्षारोपण गर्ने जस्ता कार्यहरु गर्न काग्रेस पर्साले ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
पानी अभाव झेलीरहेका बीरगंज महानगरपालिका वडा नं – १० मा नेकपा एमालेका नेता अजय गुप्ताले आफनो प्रयासमा छरमिकेकका जनतालाई पानी उपलब्ध गराई रहेका छन । आफनो खद्र्धमा उनले पिउने पानी आवश्यक भएका जनतालाई पानी उपलब्ध गराएको बताएका छन । उनले जनतालाई पानी उपलब्ध गराएएर राहत पुर्याएका छन ।
उनको यो कामलाई स्थानीय जनताले प्रशंसा गरेका छन । उनीहरुले असल जनप्रतिनिधिमा हुने गुण गुप्तामा रहेको बताएका छन । उनले बितेको तीन दिन देखी जनतालाई पानी उपलब्ध गराएर रातह दिलाएका हुन ।
तपाईको प्रतिक्रिया