logo

अटोरिक्सा चालकहरु दोहोरो मारमा महानगरले सास्ती दिएको भन्दै गरे प्रर्दशन

 इसीमाना सम्वाददाता     २०८० भदौ ५ गते ०९: १९ मा प्रकाशित     622   पटक पढिएको

बीरगंज । बीरगंजमा संचालनमा रहेका अटोरिक्साका संचालकहरु आन्दोलीत भएका छन । महानगरपालिकाले ल्याएको अटो रिक्सा ब्यवस्थापन सम्बन्धी नीतिका कारण आफूहरु समस्यामा परेको भन्दै उनीहरु आन्दोलीत भएका हुन ।

 

महानगरपालिकाको सिफारिशमा यो भन्दा पहलिा यातायात ब्यवस्था कार्यालय ( सवारी)ले अटोरिक्साको दर्ता तथा रुट परमिट जारी गरेको थियो । अहिले महानगरपालिकाले अटोरिक्साको दर्ता आफै गर्ने ब्लूबुक तथा परमिट पनि जारी गर्ने नीति ल्याएपछि रिक्सा चालकहरु दोहोरो मारमा परेका छन ।

 

यातायात कार्यालयमा दर्ता भएका अटो रिक्साहरुले दर्ताकोबेला लाग्ने दस्तुर बुझाएकै छन । वार्षिक रुपमा लाग्ने राजस्व समेत तिरिरहेका छन । एकतिर रकम तिर्दै आएका अटोरिक्सा संचालकहरु फेरी महानगरमा दर्ता गर्नु पर्दा थप शुल्कका कारण समस्यमा परेका छन । यातायात कार्यालयले लगत कट्टा गर्न मानेको छैन ।

 

प्रदेश सरकार वा कानूनमा संशोधन अथावा नीतिगत प्रवन्ध बिना लागत कट्टा गर्न नमिल्ने यातायात कार्यालयको तर्क छ । यातायातमा राजस्व नतिरौ भने पनि जुन दिन लगत कट्टा हुनेछ त्यतिवेला पनि यातायातले जरिवाना सहितको राजस्व लिने पक्का भएका कारण अटोरिक्साका संचालकहरु बाध्भएर सडकमा उत्रिएका छन ।

 

 

उनीहरुका अनुसार महानगरमा दर्ता हुने परमिट महानगरले दिने कुरामा अटोरिक्साका संचालकको असहमती त छैन तर महानगरले आफनो कार्यालयमा दर्ताहुन अगावै यातायात तर्फको समस्या हल गर्नु पर्ने आफूहरुको तर्क रहेको उनीहरुको भनाई छ । महानगरले आफना कुराहरु नसुनेपछि आफूहरु प्रर्दशनमा उत्रिएको उनीहरुको भनाई छ ।


घण्टाघर बाट विभिन्न नारा लगाउँदै सैयौं चालकहरु माइस्थान आदर्शनगर हुदै बीरगंज महानगरपालिका अगाडि पुगेर विभिन्न नारा लगाएका थिए ।वीरगन्ज महानगरपालिका र ट्राफिक प्रहरीले विभिन्न बहानामा सास्ती दिने काम यथाशीघ्र बन्द गर ।

 

सहुलियत ढंगले परिश्रम गरी खानेलाइ राहत दे। विभिन्न वहानामा दिनभरि कमाएको पैसा हजार रूपिया सम्म जरिवाना गरी विभिन्न बहानामा रकम असुल्ने काम बन्द गर्न जस्ता नारा लगाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.