logo

यातायातामा अनलाइन प्रणाली शुरु, सेवाग्राहीले भोगिरहेको झण्झट अन्त्य हुने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २१ गते ०८: ४३ मा प्रकाशित     630   पटक पढिएको

वीरगञ्ज । प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्नकोलागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ ।

 

मंगलबार मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

 

प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय वीरगञ्जमा यो सेवा लागू गरिने यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमल गौतमले जानकारी दिए । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

 


सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ ।

 

प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए ।

 

कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हो ।

 


स्तरोन्नती गरिएको नयाँ विद्युतीय सेवा प्रवाह प्रणालीबाट चाडै नै सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा प्रवाहलाई विद्युतीय माध्यमबाट नागरिकको घर दैलोमा पुग्नेछन् ।

 

मंगलवार आयोजना गरिएको सेवा शूरुआत कार्यक्रममा बिभाग र सरोकारवाला क्षेत्रका बिभिन्न ब्यक्ति,हरुको सहभागिता रहेको थियो । यो सेवा पछि अनावश्यक रुपमा सेवाग्राहीलाई बिचौलियाले सृजना गर्ने झन्झटबाट उन्मुक्ती मिल्ने बताइन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.