logo

७७ किलो गाँजा सहित बिभिन्न स्थानबाट पाँच जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते ०७: १३ मा प्रकाशित     544   पटक पढिएको

बीरगंज। प्रहरीले गाँजा सहित बीरगंज महानगरपालिका वडा नं १६ नगवाका २३ वर्षिय शेख सदामलाई पक्राउ गरेको छ । उनले आफनै घरमा गाँजा बिक्री बितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उनको घरबाट ६ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ गाँजाको नाप जोख गर्ने डिजीटल तराजु समेत प्रहरीले बरामद गरेको छ । घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले बताए ।


उता मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले ४५ किलो १ सय २० ग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको डीएल ४३ एनबी ५९९४ नम्बरको भारतीय बोलेरो गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

 

प्रहरीले बोलेरो गाडीका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वि चम्पारणका २४ वर्षीय भुषण कुमार र बोलेरोमा सवार २१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको हो ।
त्यस्तै

जिल्ला प्रहरी कार्यालय बाराले चितवन साविक मेघौली वडा नं. ६ हाल परिवर्तित भरतपुर महानगरपालिका वडा नम्बर. २७ का रोशन बहादुर दमई र चितवन माडी नगरपालिका–६ का वर्षीय देव नारायण महतोलाई पक्राउ गरेको छ ।


उनीहरुको साथबाट २६ किलो ८०० ग्राम अवैध लागुऔषध चरेश तथा गांजा बरामद भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

मकवानपुरको हेटौडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार जाँच नगराई फरार भएको सूचना बारा प्रहरीलाई आएको थियो ।

यही सूचनालाई पछ्याउँदै जाँदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । पक्राउ परेकाहरुविरुद्ध आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.