logo

स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानबाट बीरगंजका अग्रवाल सम्मानीत

 इसीमाना सम्वाददाता     २०८० फागुन ६ गते ०९: १६ मा प्रकाशित     462   पटक पढिएको

बीरगंज । रिलिफ सोसाइटी अफ कर्मशले प्रदान गर्ने स्व.बिहारीलाल लाठ कर्मवीर सम्मान बाट यस वर्ष बीरगंजका समाजसेवी फूलचन्द अग्रवाल सम्मानीत भएका छन ।


आइतवार  स्व.लाठको १२ औं वार्षिक पून्यतिथिको अवसरमा आयोजीत एक कार्यक्रमकावीच बीरगंजका  स्थापित डाक्टर राअवतार खेतानले अग्रवाललाई सम्मानीत गरेका हुन ।


अग्रवालले बितेको ४० वर्ष देखी बीरगंजका रोगी र दिन दुखीका निम्ति सेवा दिदै आएका छन । सेवा गरे वापत अग्रवालले कुनै शुल्क लिने गरेका छैनन ।

May be an image of 4 people, dais and text

बिहान खाना खाएर रक्सौल जान्छन दिन भरि रक्सौलको अस्पतालमा जाने नेपाली बिरामीहरुकोलागि आवश्यक कागजपत्र बनाउने चिकित्सक सेवाकालागि पहल गर्ने आवश्यक औषधीमुलो ब्यवस्था गर्ने गर्छन ।

बिगत ४० वर्षदेखीको दिनचर्या नै अग्रवालजीको यही हो रिलिफ सोसाइटी अफ कमर्शका महासचिव गणेश लाठले उनको बारेमा एक श्वासमा भने । उनले नामकालागि दामकालागि यो सेवा गरेका होइनन ।

सामाजिक कार्यमा यति महत्वपूर्ण योगदान गरेका अग्रवाल छायामै थिए रिलिफले खोजेर ल्याएर यो सम्मान प्रदान गर्न सकेकोमा उनले सन्तोष ब्यक्त गरे । लाठले भने हामीले एकदमै राम्रो गरेको भनेर दावी त गर्र्दैनौ तर निष्ठा र इमानका साथ राम्रो प्रयास भने गरेका हौ ।

May be an image of 1 person and text
सोही कार्यक्रममा भोजपुरी भाषको बिकासमा बिगत ४० वर्ष देखी अनवरत रुपमा क्रियाशिल प्रितम सिंह ठकुरीलाई पनि कार्यक्रममा सम्मान गरियो ।

भाषको संरक्षणमा ठकुरीले गरेको योगदानको कार्यक्रममा वक्ताहरुले खुलेर प्रशंसा गरे । ठकुरीले भोजपुरी गीत सुनाए । उनले सम्मानीत भए पछि भने“मैले ५० वर्ष सम्म गरेको योगदानको सम्मान भयो म निकै खुशी छु” ।


कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिने बेला अग्रवाललाई पनि सम्मानीत गरिएको थियो ।


कार्यक्रममा राधा देवी बृजलाल लाठ ट्रष्टका तर्फबाट स्वरोजगार महिलाहरुलाई सिलाई मेशीन उपलब्ध गराइएको थियो ।
कार्यक्रममा पूर्वमंत्री ओमप्रकाश शर्मा , नेपाल उधोग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी लगायतले स्व. बिहारीलाल लाठको योगदानको चचाृ गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष योगेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.