logo

बेरोजगार उत्पादन गर्ने नेपालको शिक्षा नीतिमा आमुल परिर्वतन जरुरी छः अहमद

 इसीमाना सम्वाददाता     २०८० फागुन ६ गते ०९: ४२ मा प्रकाशित     1359   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले नेपालको शिक्षा नीतिमा आमूल परिर्वतनको खाँचो रहेको बताएका छन ।

 

लिभिङ विथ इन्भायरन्मेन्टले आइतवार बीरगंजको पब्लिक कलेजमा आयोजना गरेको “बीरगंज भूत बर्तमान भविष्य”बिषयक अन्तरसम्वाद कार्यक्रममा यस्तो बताएका हुन ।

 

उनले नेपालको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको आरोप लगाए । उनले नेपालको शिक्षा दुई वर्ग उत्पादनमा केन्द्रीत रहेकोले राज्यले शिक्षाको जिम्मेवारी लिनु पर्ने त्यसकोलागि शिक्षा नीतिमा आमूल परिर्वतन आवश्यक रहेको बताए ।


बिगतमा लामो समय शिक्षण पेशमा रहेका अहमदले शिक्षा परिवार समाज र राष्ट्रको प्रथामिकतामा पर्न नसकेको गुनासो गरे । उनले शिक्षा बिकासको मुल आधार भएकोले शिक्षामा परिवारका साथै राज्यको लगानी बढाउनु जरुरी रहेको बताए ।

 

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य बिना जयसवालले वतावरणको संरक्षण र नागरिकको बिकासको चाहना पुरा गर्ने कुरामा आफूले प्रतिनिधि सभाकामा कुरा उठाउदै आएको बताइन । कार्यक्रममा डा.सुष्मा तिवारीले तीन तहको सरकारले शिक्षाको गुणात्मक बिकासकालागि ध्यान नदिएको बताइन ।

 

बीरगंज महानगर भित्रका ९० वटा सरकारी बिद्यालयको अनुगमनको अनुभव सुनाउदै द्विवेदीले पूर्वाधार निर्माणमा स्थानीय सरकारको ध्यान नगएको बताइन । कतिपय बिद्यालयमा शौचालय नरहेको सुनाउदै द्विवेदीले शैक्षीक वतावरण यस्तै रहे भविष्य झनै नाजुक हुने बताइन ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पूर्वाधार निर्माणको काम मात्र बिकास हो भन्ने बुझाईमा परिर्वतन जरुरी रहेको बताए । उनले भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुने चर्चा गरे ।

उनले आवश्यकताको पहिचान, योजनाको निर्माण , कार्यान्वयन , अनुगमन मूल्यकांन र प्रतिफलको समान बितरणको प्रक्रिया पुरा हुदा मात्र बिकासको अवधारणले मूर्त रुप पाउने बताए ।

 

उनले जनसहभािगता मुलक बिकासको अवधारणलाई बंग्याएको चर्चा गर्दै नीति त ठिक थियो तर नियत ठिक नभएकोले अनियमितता बढेको बताए ।

कार्यक्रममा युवा उद्यमी अनुप अग्रवाल, सिद्धार्थ माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमेश मिश्र पत्रकार बिमला गुप्ता लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आकाश चौहानले गरेका थिए ।


यसैवीच संस्थाको तर्फबाट कार्यक्रमका अतिथिहरुलाई स्मरण पत्र बुझाइएको थियो । पत्रमा बीरगंजमा पर्यटकको हितका निम्ति सुविधा सम्पन्न शौचालयको आवश्यकता रहेको उल्लेख छ ।

त्यस्तै शहरमा खुला ठाउमा माछा मासुको बिक्री बितरण गर्नाले शहरको बैभवको छवि खल्लो पार्ने भएकोले यो समस्याको हल खोज्न सुझाव दिइएको छ । शैषीक संस्थानको वरिपरि रहेका धु्रमपानयुक्त पसलहरुलाई ब्यवीस्थत गर्न सुझाव दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.