logo

कलैयामा सदभाव र्‍याली, सद्भाव विथोल्ने गतिविधि गर्ने जोकोहीलाई कारवाही हुने

 इसीमाना सम्वाददाता     २०८० फागुन ९ गते १४: ३३ मा प्रकाशित     470   पटक पढिएको

कलैया । बाराको कलैयामा धार्मिक सद्भाव बिग्रन नदिन सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा धार्मिक संघसंस्थाको सहयोगमा बुधवार विहान सद्भाव र्‍याली निकालिएको हो ।

 

रौतहटको इशनाथ नगरपालिकामा यहि फागुन ३ गते सरस्वती माताको मूर्ती सेलाउने जाने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपको विषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले धार्मिक संघसस्ंथाको सहकार्यमा सद्भाव ¥याली निकालेको हो ।

 

जिल्ला प्रशासन कार्यालय बाराको परिसरबाट निस्किएको सद्भाव र्‍यालीले कलैया बजार क्षेत्र परिक्रमा गरेको थियो । सददभाव र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी लगायतको सहभागिता थियो ।

 

मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच आपसी सद्भाव कायम राख्न सहमति भएको थियो । छलफलमा सामाजिक एवम् धार्मिक सद्भाव विथोल्ने गतिविधि तथा क्रियाकलाप सामाजिक सञ्जालमा पोष्ट गर्ने, सेयर गर्ने, व्यक्तिहरुलाई उकास्ने जस्ता गतिविधि गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको थियो ।

छलफलमा नेपाली काग्रेंस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल मजदुर किसान पार्टी र विवेकशिल साझा पार्टी लगायत दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.