वीरगञ्ज । पर्साबाट प्रहरीले बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ केजी १०० सय ग्राम गाँजा फेला पारेको छ ।
प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित उनलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे पुलस्थित सडकखण्डबाट प्रहरीले उनलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रहरीले चलाएको सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच अभियानमा साइकलमा सवार उनको साथबाट लागुऔषध बरामद गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।
आफ्नै शरिरमा लुकाइछिपाई राखिएको अवस्थामा कुर्मीको साथबाट लागुऔषध गाँजा १ केजी १०० ग्राम फेला परेको डिएसपी थापाले बताए ।पक्राउ परेका कुर्मीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया