logo

पत्रकार खानलाई बिभिन्न संगठनको सम्मान, मुस्लिम परम्परा अनुसार अन्त्येष्टी

 इसीमाना सम्वाददाता     २०८० फागुन २४ गते ०७: ३४ मा प्रकाशित     639   पटक पढिएको

वीरगंज । बीरगंजका पत्रकार नेहाल खानको मुस्लिम परम्परा अनुसार आर्दशनगर स्थित कव्रिस्थानमा अन्त्येष्टी गरिएको छ । पत्रकार खानको बुधवार राती निधन भएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।


खानको पार्थिव शरिरमाथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव एवं प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मधेश प्रदेशका सहइन्चार्ज श्याम बन्जारा, पर्साका अध्यक्ष बिजय भण्डारी, सचिव राकेश साह साह,कोषाध्यक्ष संतोष पटेल,सदस्य आरोहण साह, राजन रौनियार,मन्सुर खान,आशिक अंसारीले प्रेस चौतारीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,कोषाध्यक्ष संजिव मिश्र लगायतको टोलीले पनि खानको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

यस्तै नेपाल मुस्लिम पत्रकार समाजका अध्यक्ष मन्सुर खानले समेत आफनो संघको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए । गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राती सवा १० बजेतिर मृत्यु भएको थियो ।

 

प्रेस चौतारी नेपाल पर्साका सदस्य रहेका खान झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सक्रिय पत्रकारिता गर्दै आएका थिए ।

 

५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्।कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको
समस्या पूर्णरूपमा निको भएको थिएन।

 

खानकी पत्नि अजमा खातुनपनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ।खानका दुई छोरी र दुई छोरा छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.